ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएका धादिङ खनियाँपानीका ३५ वर्षीय युवकको कोरोना संक्रमण नभएको पुष्टि भएको छ। कोरोना आशंकामा अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको ती युवकको सोमबार मृत्यु भएको थियो। उनी चैत १४ गते भारतबाट नेपाल फर्किएका थिए। अत्यधिक ज्वरो आएका ती युवकलाई नेपाल आएको भोलिपल्टै अस्पताल भर्ना गरिएको थियो। पाटन अस्पतालका निर्देशक…