तुलसी घिमिरेको कमब्याक निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई तिहारको भोलिपल्ट अर्थात कात्तिकको ७ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो ।युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएको पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई फिल्ममा चित्रण गरिएको निर्माणपक्षले बताएको छ । ‘नेपालसँगै अन्तरराष्ट्रिय प्रदर्शनका लागि उपयुक्त…