काठमाडौं– यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले आयोजना हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आज बेलुका हुने प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दैछन् । द हिडन ट्रेजरको आयोजनामा हुने फिनालेको प्रतियोगिताको सबै तयारी पूरा भएको र कार्यक्रमलाई भव्य तुल्याइने आयोजकले जनाएको छ । समारोहमा मिस इन्टरनेसनलका कार्यकारी निर्देशकदेखि मिस माल्टाको टोलीसहितका अन्तर्राष्ट्रिय पाहुना पनि…