लत लगाएको भन्दै २४ वर्षे युवकले हाले सामाजिक सञ्जालविरुद्ध मुद्दा

काठमाडौं- क्यानडामा एक युवकले सामाजिक सञ्जालको लत लागेको भन्दै मुद्दा दायर गरेका छन् । क्यानडाका मोन्ट्र्यल शहरका २४ वर्षीय युवकले सामाजिक सञ्जालविरुद्ध मुद्दा दायर गरेका हुन् । उनले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका छन् । क्यानडाको स्थानीय मिडिया सीटीभी टेलिभिजन नेटवर्कका अनुसार सामाजिक सञ्जालका यी माध्यम अत्यधिक लत लगाउने…