काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। आइतबार दरबारमार्थस्थित होटल यल्लो पगोडामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको बताएका हुन्। उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे । ‘जनताले सोचेअनुसार…