काठमाडौं - एमालेले पूर्वराष्ट्रपति राजनीतिक दलको कार्यकर्ता हुन नमिल्ने भएकाले सदस्यता नवीकरणको प्रक्रिया नमिलेकाले सदर नहुने स्पष्ट पारेको छ । जसकारण विद्यादेवी भण्डारीको एमालेबाट राजनीति गर्ने चाहनामा पूर्णविराम लागेको छ । तर एमालेमा भण्डारी पक्षमा खुलेका नेता कार्यकर्तालाई के गर्ने भन्ने अन्योल देखिएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीदेखि कर्ण…