काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको निवेदनमाथि रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा सुनुवाइ हुने भएको छ । रविले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर थुनामुक्त गर्न माग गरेका छन् । निवेदनमाथि सोमबार सुनुवाइ हुने तय भएको हो । रविले थुनामुक्त गर्न माग गर्दै साउन १९ गते…