काठमाडौँ — राजावादी समूहले बिहीबार शान्तिबाटिकामा आयोजना गरेको आन्दोलनमा राप्रपाका सांसदहरू केही समयका लागि मात्र सहभागी हुने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले आन्दोलनमा केहीबेर उपस्थिति जनाएपछि संघीय संसदको बैठकमा सहभागी हुने जनाइएको छ। संसदीय दलका प्रमुख सचेतकसमेत…