काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा जानुभएका नेता नेपालले त्यहाँ माक्र्सवाद र जनवादसम्बन्धी प्रवचन दिनुभएको थियो । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालमा वामपन्थीको एकताप्रति…