सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले चूडामणि उप्रेती ‘गोरे’का विश्वासपात्र भनिएका राम तिवारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सनमको हत्यालगत्तै पनि पनि तिवारीलाई अनुसन्धान समितिले नियन्त्रणमा लिएको थियो । तर त्यतिबेला उनको गोरेसँगको संग्लनता पुष्टि हुन नसकेपछि आवश्यक परेको बेला बोलाउने भनेर कागज गरेर छाडियो ।…