रविको बन्दी प्रत्यक्षीकरणको निवेदन लगातार तेस्रो दिन हेर्न नमिल्नेमा

काठमाडौं । गैरकानुनी थुनामा राखिएको दाबीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ बुधबार पनि हेर्न नमिल्नेमा परेको छ । रिट निवेदनको पेसी आज न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । तर न्यायाधीश मुसलमानले छविलाल जोशीको मुद्दा चल्नेक्रममा अनुसन्धानका लागि पक्राउ पर्दा नै…