प्रतिनिधिसभा पुनर्स्थापनाको पूरक रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला आदेश ?

काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै कांग्रेससहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुँदैछ । कांग्रेसका ६५ र अन्य दलका तीन सहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजका लागि पेसी तोकिएको हो । हस्ताक्षरसहितको पूरक रिट मंगलवार सर्वोच्चमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका…