महायज्ञका लागि दलितको घर उठीबास प्रकरण : सिरहाका सिडिओ गृह मन्त्रालय तानिए

काठमाडौं - सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीबास गराएको घटनामा कमजोरी भेटिएपछि सिडिओ दाहाल कारबाहीमा परेका हुन् । घटनाप्रति संघीय संसद्का सांसद, प्रदेशसभाका सांसददेखि विभिन्न संघसंस्थासम्मले आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठन र दोषीमाथि कारबाहीको माग उठेका बेला…