हैजा फैलिएपछि वीरगन्जमा दुई दिन विद्यालय बन्द

काठमाडौं । वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरको सामुदायिक तथा संस्थागत विद्यालहरूको दुई दिनका पठनपाठन बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा…