काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरमाथि लागेको मानव तस्करीको आरोपलाई निन्दनीय र कपोलकल्पित भनेको छ । उपसभामुख रानाले केही व्यक्तिलाई भिसा अन्तर्वार्ताको मिति सहज बनाउन दूतावासलाई पत्र लेखेको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यसमा कुनै आर्थिक लेनदेन वा मानव तस्करी जस्तो गम्भीर अपराध नभएको दाबी गरेको छ। ‘हालसम्म उपलब्ध तथ्य र…