काठमाडौँ- ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको नो केबलकार समूह र प्रहरीबीचको झडपमा घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौँ लगिएको छ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप भएको हो। प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना नेपाल प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका ९ जना घाइतेभएका छन्…