काठमाडौँ- सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प आएको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार, अहिलेसम्म प्राप्त विवरण अनुसार भौतिक र मानवीय क्षति भएको छैन। प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिँदै भने, दुगुनागडीमा सामान्य पहिरो आएको छ, र प्रहरी चौकीको भवनमा पनि सामान्य चर्को आएको छ। प्रहरीका अनुसार, जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने…