संसद् बैठक बस्दै, बजेटको विनियोजन विधेयकका सिद्धान्तबारे छलफल हुने

काठमाडौं – संघीय संसदअन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बिहान ११ बजे प्रतिनिधिसभा र दिउँसो १ बजेर १५ मिनेटमा राष्ट्रिय सभा बैठक बस्दैछ। दुवै बैठकमा आर्थिक वर्ष ०८२–८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको…