नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री पदम गिरीले राजवादीहरुको आन्दोलनलाई ‘बेमौसमी वाजा’ को संज्ञा दिएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली जनतालाइ राजा नचाहिएको र त्यो देशको आवश्यकता पनि नरहेको बताएका हुन् । केही मानिसहरुले आफ्नो स्वार्थको रोटी सेक्नका लागि प्रयोजित रुपमा आन्दोलन गरिरहेको उनले…