बाथरुममा लडेर निधारमा टाँका लगाएका प्रचण्ड बिहानैदेखि नियमित काममा फर्किए

काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निवासको बाथरुममा लडेर घाइते भएका छन् । उनकी छोरी गंगा दाहालका अनुसार सोमबार राति बाथरुममा लड्दा प्रचण्डको निधारमा सामान्य चोट लागेको थियो । तत्कालै नख्खुस्थित मेडिसिटी अस्पतालमा सामान्य उपचारपछि उनी मंगलबार बिहानैदेखि नियमित काममा फर्किएका छन् । ‘गए राति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले…