काठमाडौं– विद्रोही समुहले राजधानी कब्जा गरेपछि सिरिया छाडेर भागेका तत्कालिन राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारले मारेका एक लाखभन्दा बढी मानिसको चिहान भेटिएको दाबि गरिएको छ । अमेरिकामा बसेर सिरियाबारे वकालत गर्ने समूहको प्रमुखले सिरियाको राजधानी नजिक सामूहिक चिहान रहेको बताएका हुन् । सिरियाली टास्क फोर्सका प्रमुख मौआज मुस्ताफाका अनुसार राजधानी दमास्कसबाट ४० किलोमिटर टाढा…