दुर्गा प्रसाईलाई खोज्नबाट पछि हट्यो सिआइबी, विशेष ब्यूरोलाई जिम्मा

काठमाडौं । चैत १५ गते तीनकुनेमा ताण्डव मच्चाएर एकाएक अलप बनाएका राजावादी जनप्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईंको खोजीको जिम्मा अब प्रहरीको विशेष ब्यूरोले लिएको छ । पाँच दिनसम्म प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रसाईलाई पक्राउ गर्न असफल भएपछि विशेष ब्यूरोलाई जिम्मेवारी सुम्पिएको हो । विशेष ब्युरोको नेतृत्व डीआईजी सिद्धिविक्रम शाहले गरिरहेका…