टिपरको ठक्करबाट मोटरसाइकल चालक मृत्यु,अर्का घाइते

काठमाडौँ – दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि बस्ने अर्का चालक घाइते भएका छन् । ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ कुटीचौरका १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको हो । उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताएका छन्…