हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, चार घाइते

काठमाडौँ- हुम्लामा बुधबार बिहान माटोको ढिस्कोले पुरिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। पुरिएर अन्य चार महिला घाइते भएका छन्। सर्केगाड गाउँपालिका–७ रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षीया नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए। माटो खन्ने…