कुलमानलाई हटाउनेबारे प्रस्ताव आजको क्याविनेटमा लैजाने तयारी

उर्जामन्त्री दीपक खड्काले आज (बिहीबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनेबारे प्रस्ताव लैजाने भएका छन् । यसअघि नै प्रस्ताव लगिएको हल्ला भएपनि मन्त्री खड्काले भोलि बस्ने क्याविनेटमा उक्त प्रस्ताव लैजाने तयारी गरेको उच्च स्रोतको दाबी छ । मन्त्री खड्काले त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको बुझिएको छ…