धनगढी– कैलालीको जिल्ला कारागारभित्रै एक कैदीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीकै घोडाघोडी नगरपालिका– ४ का २२ वर्षका दीपक विकको कारागारमा मृत्यु भएको हो । विक सोमबार दिउँसो शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । उनलाई सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…