काठमाडौं– संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने बताएका छन् । उनले आफू सो देशको राजदूतमा नियुक्त भए अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रतिबद्धता जनाए । आज भएको संसदीय सुनुवाई समितिमा उनले यस्तो बताएका हुन् । यस्तै, उनले नेपालका प्रधानमन्त्रीलाई अमेरिकाको भ्रमणको क्रममा त्यहाँको संसद्मा सम्बोधन गर्ने वातावरण…