बंगलादेशका विद्यार्थीहरुले सेना नेतृत्वको सरकार नमान्ने, नोबेल पुरस्कार बिजेता युनुसलाई सहभागी गराउन माग

काठमाडौं– बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमानले मंगलबार आन्दोलनरत विद्यार्थीका नेताहरूसँग छलफल गर्दैछन्। तर विद्यार्थीहरुले सेना नेतृत्वको सरकार आफुहरुले स्वीकार नगर्ने बताएका छन् । आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले मंगलबार फेसबुकमार्फत एउटा भिडिओसमेत सार्वजनिक गर्दै सेना नेतृत्वको सरकार नस्वीकार्ने बताएका हुन्। उनीहरूले अन्तरिम सरकार बनाउँदा बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई सहभागी गराउन माग गरेको बिबिसीको समाचारमा…