काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा एमाले दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णतः डुबान…