हाइलक्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– कास्कीको पोखरामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा हाइलक्स गाडी र मोटरसाइकल आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो । उनलाई गण्डकी मेडिकल कलेजमा पठाइएकोमा आज बिहान ६ः४३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको…