जेनजी मतदाताको निर्वाचन कार्यालयमा भीड

काठमाडौं । फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुन मानिसहरुको भीड निर्वाचन कार्यालयमा लागेको छ । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरेसँगै मतदाताको भीड बढेको हो । निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख…