राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन: ७२ प्रतिशत उजुरी फर्छ्योट

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गरेको छ। केन्द्रका अनुसार गत आर्थिक वर्षमा प्राप्त २ हजार ५ सय ६६ उजुरीमध्ये १ हजार ८ सय ५४ वटा अर्थात् ७२ प्रतिशत उजुरी फर्छ्योट भएका छन्। फर्छ्योट भएका उजुरीमा अघिल्लो…