काठमाडौँ- सशस्त्र प्रहरी बलले सुनसरी धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १९० किलोग्राम गाँजा बरामद गरेका छन् । भेडेटारबाट धरानतर्फ जाँदै गरेको बा १० च ६८५२ नम्बरको कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरी ल्याउँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले बरामद गरेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जनाएका छन् ।…