रवि लामिछानेको अनुसन्धानको प्रतिवेदन आज बुझाउने तयारीमा प्रहरी, पुष ५ भित्र अभियोगपत्र दायर गरिसक्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान सँगसँगै प्रहरीले प्रतिवेदन पनि तयार गरिरहेको छ । प्रहरीले तयार गरिरहेको रविविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने अनुसन्धानमा संलग्न स्रोतले बताएको छ…