काठमाडौं– नेपाली सेनाले एक प्रमुख सेनानीलाई नियन्त्रणमा लिएको छ । जंगीअड्डास्थित सैनिक प्रहरीले प्रमुख सेनानी धिरेन्द्र कुमार मल्ललाई हिरासतमा लिएको हो । मल्ल अमेरिकाको न्यूयोर्कको संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए । उनीबारे उजुरी परेपछि छानबिनका लागि नेपाल फिर्ता बोलाएर नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको नेपाली सेनाले जनाएको…