झ्याप्ले खोला पहिरो अपडेटः पुरिएका गाडीबाट निकालियो ३५ जनाको शव

धादिङ– धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो । प्रहरीका अनुसार पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ ।…