सुनकोशीले बगाएको खुर्कोट सडकमा बेलब्रीज जडान सुरु

काठमाडौं– अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण क्षति पुगेको पुलमा नेपाली सेनाले बेलिब्रीज जडान कार्य सुरु गरेको छ । असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र बाढी तथा पहिरोका कारण सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली ६ जोड्ने बि।पी। राजमार्ग र पुष्पलाल राजमार्ग बिचमा रहेको सुनकोसी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ…