काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशान आयोगको उपप्रमुखबाट अधिवक्ता यज्ञमणि न्यौपानेले राजीनामा दिएका छन् । उनले दशैं अघि नै राजीनामा बुझाएको र हालै उनको राजीनामा स्वीकृत गरिएको रास्वपाले जनाएको छ । न्यौपाने करिब २ वर्षदेखि रास्वपाको अनुशासन आयोगमा आवद्ध थिए । उनले आयोगबाट राजिनामा दिएपनि रास्वपाबाट भने अलग नभएको उनीनिकट रास्वपा स्रोतले बताएको छ ।…