काठमाडौं - थापाथलीस्थित बागमती पुलमुनि मृत भेटिएका पुरूषको सनाखत भैराखेको छ । बैतडी पुचौडी नगरपालिका–८ मल्लादेही घर भई हाल मैतिदेवी बस्ने २४ वर्षीय गोविन्द बहादुर बोहरा रहेको प्रहरीले अनुसन्धानमा खुलाएको छ । असार १७ गते साँझ अन्दाजी ५ बजेको समयमा नदीले बगाई ल्याएको अवस्थामा थापाथलीस्थित बागमती पुलमुनी उनको शव फेला परेको हो ।…