काठमाडौं– काठमाडौंको चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरूहरुको उद्दार गरिएको छ । बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका थिए । विद्युत सेवा अवरुद्ध भएपछि ८ डिब्बामा रहेका यात्रुहरु फसेका थिए। उक्त डिब्बामा ७७ जना यात्रु अड्किएका हुन्। केबलकारमा फसेका यात्रुमध्ये स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्याङ लगाएर प्रहरीले उद्धार गरेको थियो…