रवि लामिछानेको आग्रह: सञ्जालमा गाली गलौजमा नउत्रिन अप्ठेरो पर्ने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा गाली गलौजमा नउत्रिन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा उनले समर्थकले जथाभावी टिप्पणी गर्दा नेताहरुलाई पनि अप्ठेरो पर्ने बताए । ‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन् । असाध्यै धेरै गालीगलौज गर्छन् भनेर आरोप लागेको छ ।…