कपिलवस्तुमा बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको। ८ जना घाइते भएका छन्। बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा मंगलबार बिहान ६ बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले जनाएका छन्…