अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, भाउ बढ्ने क्रममा

  काठमाडौँ -अमेरिकी डलरको भाउ बढ्ने क्रममा छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ। बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०१ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च रहेको छ । यसअघि गत वैशाख ३० गते डलरको भाउ १३३ रूपैयाँ ९७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो।…