काठमाडौंको तापक्रम ३४‍ डिग्री सेल्सियस नाघ्यो

काठमाडौं– काठमाडौंको तापक्रम ३४‍ डिग्री सेल्सियस नाघेको छ । विगत केही दिन यता बढ्दै गइरहेको उपत्यकाको तापक्रम बिहिबार ३४.४ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ । विगत केही दिनयतादेखि उपत्यकाको तापक्रम बढ्दै गइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्…