काठमाडौं– असोज ११ र १२ गतेको भारी वर्षाका कारण आएको बाढी–पहिरोले बगाएको बीपी राजमार्गअन्तर्गत सिन्धुलीरामेछाप जोड्ने बेलिब्रिज पुल पुनः सञ्चालनमा आएको छ । सुनकोशी नदीमा आएको बाढीले खुकोटबाट रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेका हुन् । उक्त पुलमा मंगलबारदेखि सवारीसाधन चल्न थालेका छन्…