मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवाका एक व्यापारीको घर कब्जा गरेको छ। रुपन्देहीका डेढ सय किसानलाई ठगी गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको हो। नेकपाले कब्जा गरेको उक्त घर जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १ सय मिटरको दुरीमा भैरहवाको मुख्य बजारमा रहेको…