अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा संलग्न हुने नेपाली नागरिक दुर्गाप्रसाद गौतमले आफूले पाएको अवसर “ऐतिहासिक” भएको बताएका छन्। पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको र त्यसका धार्मिक विधिविधान गराउने कार्यमा आफू संलग्न हुन पाउनु “गौरवको कुरा” भएको उनले बताए। राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लागेका बेला बीबीसी नेपालीसँगको…