अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल' का उपविजेता नेपाली युवा अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन्। उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलमा उनी नेपाली ढाकाटोपीमा देखिएका थिए। उनीसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन्। उनीहरूलाई स्वागत गर्न फ्यान विमानस्थलमै पुगेका थिए। सन् २०२० को अमेरिकन आइडलमा उपविजेता…