हदम्याद राखेमा अपराधी भागेर आफ्नो बचाउ गर्न सक्ने : मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा भएको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् । उनले भनिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् ।’ घरभित्रै…