Logo

समाचार

सरकारी कर्मचारीको चैत महिनाको तलब काट्ने मन्त्रिपरिषद्को निर्णय !

मन्त्रिपरिषदले सरकारी कर्मचारीको चैत महिनाको तलब काटेर कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विशिष्ट र प्रथम श्रेणीका कर्मचारीको ७ दिनको तलब काट्ने निर्णय गरेको छ । द्वितीय र तृतीय श्रेणीका कर्मचारीको ५ दिनको तलब काटिनेछ । राजपत्र अनंकित श्रेणीविहीन कर्मचारीको ३

डाक्टर होइन भगवान हुन्, कोरोनाको बिरामी खोज्दै घर घरमा डाक्टरहरु ….(भिडियोसहित)

डाक्टर होइन भगवान हुन्, कोरोनाको बिरामी खोज्दै घर घरमा डाक्टरहरु ….(भिडियोसहित)

भारतमा कोरोनाले ३७ को ज्यान लियो तर हिँडेर घर पुग्छु भनेका २९ मजदुरसहित ३४ को सडकमै मृत्यु !

कोरोनाभाइरसलाई रोक्नका लागि भारतमा २१ दिन लकडाउन गरिएको छ । यो लकडाउन २४ मार्च राती १२ बजेदेखि सुरु भएको थियो जुन १४ अप्रिलसम्म चल्नेछ । यसको सबैभन्दा धेरै असर ती मजदुरमाथि परेको छ जो राम्रो जीवनयापनका लागि आफ्नो गाउँबाट शहर आएका थिए । तर लकडाउनका कारण यी मजदुरका लागि आफ्नो

कोरोना संक्रमित युवतीसँगै आएका १७ जनाको रिपोर्ट नेगेटिभ !

कर्णालीमा हालसम्म नमूना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ। कोरोना भाइरस कोभिड-१९ को संक्रमण भएको आशंकामा कर्णालीबाट १७ जनाको नमूना काठमाडौं पठाइएको थियो। सोमबारसम्म सबैको रिपोर्ट आएको छ भने १७ जनामै कोरोनाको संक्रमण नदेखिएको पुष्टी भएको छ। कोरोनाको संक्रमण फैलिएको भारतलगायत अन्य देशबाट फर्किएकाहरुमा संक्रमणको आशंका गरिएको थियो। शंकास्पद

यसरि भयो एकै घरका दाजुभाइको दुखद निधन !

पोर्चुगलको समुन्द्रमा डु बेर दुई नेपाली दाजुभाईको निधन भएको छ ।निधन हुनेमा धादिङ थानेबास स्थायी घर भै अहिले बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबा रहेका छन् । राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मा र्न गएका उनीहरुलाई छालले तान्दा ज्यान गएको बताइएको छ छाल हेर्न गएकाहरूले

वीरगञ्जका अस्पतालले उपचार गर्न नमानेपछि काठमाडौं लैजाँदै गर्दा युवकको मृत्यु !

वीरगञ्जका अस्पतालहरूले उपचार गर्न नमानेपछि एक युवकको मृत्यु भएको छ। कोरोना संक्रमण अशंकामा वीरगञ्जका निजी तथा सरकारी अस्पतालले उपचार नगर्दा बाराको कलैया नगरपालिका वडा नम्बर-२२ धोधा टोलका २५ वर्षीय विजय कुशवाहाको मृत्यु भएको हो। घरमा काम गरिरहेका बेला मेसिनले खुट्टा काटेपछि विजय वीरगञ्जको नेसनल मेडिकल कलेजमा शनिबार भर्ना भएका थिए।

अस्ट्रेलियामा नेपालीको नालीबेली : ९ जनामा संक्रमण !

अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा ३ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रबिन्दु न्यु साउथ वेल्स राज्य बनेको छ जहाँ १ हजार ७ सय ९१ जनामा संक्रमण भेटिएको छ ।

कोरोनाविरुद्धको राहत कोषमा वर्षाको सहयोग

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले राहत कोष खडा गरेको छ । जसमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । वर्षाले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आफूले सहयोग गरेको जानकारी दिएकी छिन् । उनले लकडाउनको चपेटामा परी दैनिकी गुजारा गर्न नपाएका व्यक्तिहरुको लागि

अक्षय कुमारले कोरोना विरुद्धको लडाइँमा २५ करोड भारु दिने घोषणा

बलिउडका सुपरस्टार अक्षय कुमारले कोरोना भाइरसविरुद्ध लड्नको लागि २५ करोड भारु सहयोग गर्ने घोषणा गरेका छन् ।अक्षय कुमारले ट्विट गर्दै प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु दिने घोषणा गरेका छन् । कोरोना विश्वभर फैलिरहेको छ । बढ्दो जोखिमलाई मध्यनजर गर्दै भारतीय सरकारले २१ दिनको लागि राष्ट्र लकडाउन गरेको छ ।

सारै दुखद खबर : अस्ट्रेलियामा ६ जना नेपालीमा भेटियो कोरोना संक्रमण

अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिडनीमा चार जना विद्यार्थी र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो । सिड्नीको ग्रानभिलको एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको एनआरएनए उपाध्यक्ष