मुलुकको पछिल्लो सुरक्षा अवस्था, निर्वाचनको तयारी र एमसीसीविरुद्ध सडकमा हुनसक्ने सम्भावित प्रदर्शनले सुरक्षा चुनौति बढाउने आँकलन गर्दै केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षमा गृहमन्त्रालयमा बसेको बैठकमा वर्तमान सुरक्षा अवस्था र स्थानीय तहको निर्वाचको सुरक्षा तयारीका बारेमा छलफल भएको छ। 'यतिबेला एमसीसी टेबुल गर्ने विषयमा जुन खालको बहस भइरहेको छ। त्यसले द्वन्द्व…